झापा । झापाको मेचीनगर नगरपालिका -७ ,५ नम्बरकाे चिया बगानमा प्रहरीले एक सय किलो तामाको तरसहित दुई जना भारतीयलाई पक्राउ गरेको छ ।
सतिघट्टाबाट डिउटीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारत दार्जिलिङ पानिटयाङकी बस्ने बर्ष २७ को तापच बरमण र सोही ठाउँका बर्ष २२ को अमित सरकार तामाको तारसहित नियन्त्रणमा लिइएको हो ।
उनिहरुको साथबाट तामाको तार ४ (चार) मुठा  एक क्युटल बरामद गरेर इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाएकाे छ । उक्त तार जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं. १३ चारआली आसपासबाट चोरी गरेको भनि बताएकोले निजहरुलाई आवश्यक कारवाहीका लागी प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।
यसअघि मेचीनगर-१३ र १४ मा पानी तन्ने मोटर र बोरिङ मोटर चोरी भएको थियो भने नेपाल टेलिकम धुलाबारी शाखाले समेत बिजुलीको पोलमा जडान गरेको कपर नेटवर्कको तार चोरी भएको भनि प्रहरीलाई निवेदन दिएको थियो ।