भद्रपुर । झापाकाे भद्रपुर-१० बस्ने निगे राईको स्थानीय  डाँगीबारीस्थित कल्बटबाट झरेर मृत्यु भएको छ ।

गयराति कल्भर्टबाट मुनी खसेर घोप्टो परेको  मृत अवस्थामा फेला प्रहरीले जनाएको छ ।

राई गत जेठ ५ गते बिहान ८ बजे घरबाट हिडेको पारिवारिक श्रोतले जनाएको छ ।

कानुनी प्रकृया तथा थप अनुसन्धानको लागी जिप्रका झापाबाट प्रहरी निरीक्षक बिजय चौहानको कमाण्डकाे टोलीले प्रकृया पुरा गरेर शव पोस्माटमका लागि प्रादेशिक  अस्पताल भद्रपुर पठाएको जनाएको छ ।