हल्दिवारी । पानीसँगै आएको हावा हुण्डरीले घर भत्काउँदा काठले किचेर झापा हल्दिबारी-५ मा एक ब्यक्तीको मृत्यु भएको छ ।
गत बैसाख ३१ गते राती ११:५० बजे आएको पानीसहित आएको हावाको वेगले घर भत्काउँदा सुतिरहेका ६५ वर्षीय मानबहादुर मगरकाे काठले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुईतले तिनको छाना भएको काठको घर भत्किँएर काठको बिमले मगरलाई किचेको थियो । घर भत्काई घारको बिमले थिची रहेको अवस्थामा स्थानीयले देखेर उद्दार गरेका थिए । उद्दार गर्ने क्रममै मगरको मृत्यु भइसकेको प्रहरीको भनाइ छ ।





















































