सुरुङा । टिपर आगमनले सडक दुर्घटनाको जोखिम बढ्नुका साथै सडक भत्किएको पाइएपछि झापाको कनकाई नगरपालिका–१ दुर्गापुरबाट उत्तरतर्फ सडकमा टिपर चलाउन रोक लगाइएको छ। दैनिक सयभन्दा बढी  अवस्था देखिएकोले स्थानीयको मागमा टिपर सञ्चालनमा रोक लगाइएको हो।
झण्डै दुई सयबढी  स्थानीय बासिन्दाले हस्ताक्षर संकलन गरी नगरपालिकामा उजुरी दिएपछि नगरपालिकाको समन्वयमा सो निर्णय गरिएको हो । एशियन हाईवे निर्माणका लागि माटो तथा नदीजन्य सामग्री ओसार्ने क्रममा टिपरहरुले ओभरलोड गर्ने र सामग्री नछोपेर ल्याउने गर्दा दुर्गापुर उत्तरतर्फको सडक क्षेत्र हिलो तथा धुलोले भरिएको थियो। यसको असर स्वरूप सडक किनारका घर तथा पसलमा बस्न कठिन हुने अवस्था थियो।
सडकमा टिपर सञ्चालन रोकिएपछि अहिले त्यहाँको अवस्था सामान्य बनेको छ र सर्वसाधारणलाई हिँडडुल गर्न सहज भएको स्थानीयले बताएका छन्। अब ती टिपरहरुले वैकल्पिक मार्ग प्रयोग गर्दै विरिङ खोला छेउ हुँदै मुख्य राजमार्गमा निस्कने गरेका छन्।