बाहुनडाँगी । बाहुनडाँगी क्षेत्रमा खानेपानीमा आत्मनिर्भर बन्दै आएको बाहुनडाँगी सिद्धिखोला एकीकृत खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वका लागि निर्वाचनमा होमिएको छ । संस्थाको आगामी चैत्र १६ गते सम्पन्न हुने निर्बाचनका लागि स्वतन्त्रसहित एमाले र काङ्ग्रेसबाट अध्यक्षको उम्मेद्वारी दिँदै   चुनावी मैदानमा उत्रेका हुन् ।
९ वर्षसम्म संस्थामा उपाध्यक्षको जिम्मेवारी बहन गर्दै आएका मेघराज खड्काले स्वतन्त्र उम्मेद्वारीको रुपमा अध्यक्षमा उम्मेद्वार दिएर चुनावी मैदानमा उत्रेका छन् ।Screenshot_2025-03-25-15-56-26-210_com.miui.gallery-edit
वर्तमान अध्यक्ष सतन अधिकारीपछी बाहुनडाँगी सिद्धिखोला एकीकृत खानेपानी उपभोक्ता तथा सरसफाई संस्था सञ्चालनमा दोस्रो प्रमुखको रुपमा जिम्मेवारी बहन गर्दै आएका खड्काले आफुले अध्यक्षको लागि उम्मेद्वारी दिनुको कारणसहित खानेपानी उपभोक्तामाँझ उभ्याएका छन् ।
अध्यक्ष अधिकारीको तीन कार्यकालमा संस्थालाई दर्बिलो बनाउँदै  आम उपभोक्तालाई स्वच्छ-शुद्ध पानी खुवाउन र पाइप बिस्तारका लागि उपाध्यक्षको तहबाट खड्काले गरेको योगदानस्वरुप आमउपभोक्ताले स्वतन्त्र उम्मेद्वारको रूपमा अध्यक्षमा उठाएको बुझिएको छ ।

बाहुनडाँगीमा पिउने पानीको चरम अभाव हुँदा सतन अधिकारीलाई अध्यक्षको नेतृत्व दिलाउँदै पिउने पानीको समस्या सामाधानमा गर्ने र उपभोक्ताको विश्वास जित्न खड्काले सफल भएका छन् । बाहुनडाँगी क्षेत्रलाई खानेपानीमा आत्मर्भिर हुनुमा अध्यक्षपछि खड्काको योगदान रहेको स्थानीय उपभोक्ताको भनाई छ ।
मेचीनगर नगरपालिका वडा नं. १, २ र ४ को क्षेत्रमा मात्रै एउटै खानेपानी उपभोक्त समितिमार्फत पछिल्लो १३ बर्षमा करिब २४ करोड योजना लगानी ल्याउने बिषयमा खड्काको उत्तिकै योगदान रहेको पाइन्छ ।
हाल १ हजार दुई सय ७० वटा उपभोक्ताले शुद्ध पिउने पानी उपभोग गर्न पाएका छन् । साबिकको बाहुनडाँगी गाविस क्षेत्रमा पानी खुवाउने योजना लिएर आफुले पार्टी विशेष नभनी स्वतन्त्र रुपमा अध्यक्षको उम्मेद्वारी दिएको खड्काको भनाई छ ।
१३ वर्षयता संस्था नेतृत्वका लागि नेकपा एमालेले पासङ तामाङलाई र नेपाली काङ्ग्रेसले हेमलाल गुरागाईलाई अध्यक्षको उम्मेद्वार बनाएको छ ।