काँकरभिट्टा । कोभिड-१९ पछि आयोजना गरिएको पाँचौँ संस्करणको `मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता´को तयारी अन्तिम चरणमा पुगेको छ ।
काँकरभिट्टा माविको खेलमैदानमा हुने पाँचौँ संस्करणको प्रतियोगिताको तयारीका लागि बाँसको अस्थायी प्यारापिट निर्माण, मैदानको स्तरोन्नति गर्ने, रोलर लगाउने, घाँस मिलाउने, मैदान सम्याउने काम भइरहेको छ ।
चैत २ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने अध्यक्ष नवराज ओलीले बताए ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद २५ हजार र ट्रफी पाउनेछ दुई दिनभित्र पूरा हुने अध्यक्ष ओली जानकारी दिए ।
फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका तीन र ए डिभिजनका तीन क्लबको सहभागिता रहनेछ ।
उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउनेछ । प्रत्येक दिनको प्लेयर अफ म्याचले नगद ११ हजार र ट्रफी पाउनेछन् ।
मेचीनगर नगरपालिका संरक्षक रहेको छ । मेचीनगरमा उचित खेल मैदान नहुँदा प्रत्येक वर्ष आयोजना गरिँदै आएको फुटबल र क्रिकेट खेल प्रतियोगिता काँकरभिट्टा माबिको खेल मैदानमा खेलाउँदै आएको छ ।