मेचीनगर । आधारभुत तह विद्यालयस्तरीय फुटसल प्रतियोगिताको उपाधि धुलाबारी माविले जितेको छ ।
प्रगतिशील युवा क्लब मेचीनगर–१० ले शुक्रबार धुलावारी फुटसल एरिनामा आयोजना गरेको आधारभुत तह विद्यालयस्तरीय फुटसल प्रतियोगितामा मेचीनगर–१० का ७ वटा विद्यालयलाई पछि पार्दै धुलाबारी माविले उपाधि हात पारेको हो ।
प्रतियोगिताको विजेता धुलावारी माविले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो ।
त्यस्तै प्रतियोगिता उपविजेता शिशु साक्षर आविले नगद ७ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी धुलावारी माविका जुलुम खतिवडा भए भने उत्कृष्ट गोल रक्क्षक शिशु साक्षर आविका गोल रक्षक राहुल दनुवार भए ।
कार्यक्रममा प्रमुख अतिथि मेचीनगर–१० का वडाध्यक्ष नारायण खनाल, चेतनशील सामुदायीक सिकाई केन्द्र अध्यक्ष उदय वराईली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रतियोगिताको मेत्रीपूर्ण खेलमा प्रेस क्लब मेचीनगर र आयोजक धुलाबारी तथा शान्ति समाज बाल क्लब र टिकापुर बाल क्लबबीच प्रतिस्पर्धा भएको थियो ।
प्रगतिशील युवा क्लबका अध्यक्ष विशाल कार्कीले अध्यक्षतासहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको स्वागत कार्यक्रम संयोजक सानोकुमार लिम्बुले र सञ्चालन क्लबका कोषाध्यक्ष सुजन घिमिरेले गरेका थिए ।


















































