झापा । पुर्वको कोसी प्रदेशका जिल्ला पनि  भूकम्पको धक्का महसुस भएको छ । राती २ बजेर ५२ मिनेटतिर भूकम्पको कम्पन निकैबेर रहँदा नागरिकहरु आत्तिएर घरबाहिर निस्किएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेपाल तिब्बत सीमा लिस्टिकोट नजिकै केन्द्रविन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ । यसअघि, गत माघ ३० गते मात्रै जुम्ला केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भुकम्पको धक्कापछिको बिवरण आउन बाँकी छ ।