मेचीनगर । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले झापाको मेचीनगरमा पाँचौ मेचीनगर गोल्ड कप आयोजना तयारी गरेको छ । आगामी फागुन २१ गतेदेखि २८ सम्म सञ्चालन हुने मेचीनगर गोल्डकपको तयारीपछि शनिबार लोगो सार्वजनिक गरिएको छ ।प्रमुख अतिथि मेचीनगरका मेयर गोपलचन्द्र बुढाथोकीले मेचीनगर लोगो सार्वजनिक गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगरका मेयर गोपलचन्द्र बुढाथोकीले खेल क्षेत्रकाे बिकासका लागि उपयुक्त खेल मैदानको ब्यवस्थापन गर्नुपर्ने जोड दिए । खेलाडी उत्पादनसँगै खेलको तीब्र बिकासका लागि मेचीनगर खेलकुद बिकास समितिले गतिविधि अघि बढाएको बताए । खेलकुदले सबै क्षेत्रको सम्बन्धको बिकास   हुने भएकाले खेल ट्रेनिङ सेन्टरको रुपमा बिकास गर्न खेल कोच नियुक्ति गर्नेसमेत जानकारी दिए ।
सल्लाहकार गंगालाल गुरुङले बिमल आचार्यको संयोजकत्वमा आर्थिक समिति, आशिष गुरुङको नेतृत्वमा मैदान ब्यवस्थापन समिति, राजु पौडेलको नेतृत्वमा मञ्च ब्यवस्थापन समिति, मुना सुब्बाको नेतृत्वमा खेल ब्यवस्थापन भगिरथ आलेको संयोजकत्वमा टिम ब्यवस्थापन समिति गठन भएको जानकारी दिए ।
८० लाख खर्चको अनुमान गरिएको मेचीनगर गोल्डकप सम्पन्न गर्नका लागि गोल्डकपको संरक्षक मेचीनगरले २५ लाख आर्थिक सहयोग गरेको छ । त्यसैगरी टाइटल स्पोन्सरका लागि १५ लाख राशी राखिएको र प्रायोजक र सहप्रयोजकको नाम तय भएकोसमेत गुरुङले जानकारी दिए ।
तीज सय २१ जनाले सदस्य रहेको सेन्टरले आजिवन सदस्यका लागि १० हजार रकम शुल्क निर्धारण गरेको उनले जानकारी दिए ।
आर्थिक संयोजक बिमल आर्चायले सबै क्षेत्र र तह तप्काबाट मेचीनगर गोल्डकपलाई सफलता पुर्वक सम्पन्न गर्न सहयोग पुर्याउन आग्रह गरेका थिए ।
झापा जिल्ला फुटबल संघ भगिरथ आले मगरले शिक्षा र खेलकुदमा युवालाई सहिदिशामा लानसके खेल क्षेत्रलाई पृथक तरिकाले अघि बढाउन सकिने बताए ।
खेल समिति संयोजक श्रीप्रसाद मैनालीको अध्यक्षतामा सम्पन्न लोगो सार्वजनिक कार्यक्रममा सेन्टरका अध्यक्ष नवराज ओलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन राजु कार्कीले गरेका थिए ।