नकलबन्दा । झापाको मेचीनगर-५ नकलबन्दामा आगामी फागुन ७ गतेदेखि `दोस्रो नगरस्तरीय नकलबन्दा नकआउट फुटबल प्रतियोगिता´ हुने भएको छ ।
नकलबन्दाको इतिहासलाई उजागर गर्दै खेल क्षेत्रकाे विकासमा स्थानीय युवालाई प्रोत्साहनका लागि स्थानीय नकलबन्दा स्पोर्टिङ क्लबले उक्त प्रतियोगिताको आयोजना गरेको बुधबार पत्रकारसमक्ष जानकारी दिइएको छ ।
झापा जिल्लाका १० वटा फुटबल टिमले प्रतियोगितामा सहभागीता रहने नकआउट फुटबल प्रतियोगिता सम्पन्न गर्न ६ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ।BeautyPlus_20250212150139451_save
नकलबन्दाको इतिहासलाई नामेट गर्न क्लब दर्ता गरेर उक्त प्रतियोगिताको आयोजना गरेको आर्थिक संयोजक नारायण खड्काले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५० हजार, ट्रफी, मेडल प्रमाणपत्र तथा दोस्रो टिमलाई नगद ३० हजार ट्रफी, मेडलद्वारा पुरस्कृत गरिने बताइएको छ
खेल अवधिभर सर्वाधिक गोलकर्ता, म्यानअफ द म्याच घोषित खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने सल्लाहकार संयोजक पर्शुराम पराजुलीले बताए । उनले मेची नगर खेलकुद बिकास समितिले क्लबले आयोजना गरेको प्रतियोगिताका बजेट नछुट्याएको गुनासो गरे ।BeautyPlus_20250212144358860_save
फुटबल टिमलाई नि:शुल्क प्रवेशको ब्यवस्था गरिएको क्लबका अध्यक्ष भक्त गुरुङले जानकारी दिए । स्थानीय मेची आधारभुत विद्यालयको प्राङ्गणमा आयोजना हुने फुटबल प्रतियोगिताका लागि नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाले एउटा पुरस्कारको राशी प्रायोजन गर्ने जनाएको छ । नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशवप्रसाद तिम्सिना, पुष्प गेलाललगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सुरज तामाङले गरेका थिए ।