बाहुण्डाँगी । झापाको मेचीनगार-४, बाहुण्डाँगीस्थित सहिद बिश्वनाथ घिमिरे स्मृति प्रतिष्ठानले बुधबार एक कार्यक्रमबीच सहिदलाई मरोणपरान्त सम्मान गरेको छ ।

सहिद सप्ताहब्यापी कार्यक्रम अन्तरगत प्रजातान्त्र स्थापनार्थ ज्यान बलिदान दिने सहिदलाई प्रतिष्ठानले सम्मान गरेको हो ।
२०६२/०६३ को जनाआन्दोलनमा सहिद राजन गिरीका बुवा केदारशम्शेर गिरीले दिवाङ्गत सहिदका परिवारका सदस्यलाई दोसल्ला तथा सम्मानपत्र प्रदान गरेर सम्मान गरिएको हो । सम्मानितहरुमा प्रजातान्त्रिक आन्दोलनमा सहदत भएका स्वर्गीय कृष्णलाल नेपालको सम्मानपत्र उनकी धर्मपत्नी तुलसा नेपाललाई प्रदान गरिएको थियोे ।

त्यसैगरी स्वर्गीय मंगरु किसानको सम्मान उनका छोरा जगतबहादुर किसान, स्वर्गीय लालबहादुर तामाङको सम्मानपत्र छोरी गीता तामाङलाई र स्वर्गीय रत्नकुमार राइको सम्मानपत्र छोरा केदारबहादुर राईलाई कार्यक्रमका प्रमुख अतिथि केदारसंशेर गिरी तथा बिशिष्ठ अतिथिहरुले प्रदान गरेका थिए ।
कार्यक्रममा शहिदको जिवनी र परिवारको अवस्थाबारेमा मेचीनगरका ८ वटा सामुदायिक र निजी विद्यालयस्तरीय कविता वाचन प्रतियोगिता आयोजना गरिएको थियो।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई नगद तथा प्रमाणपत्रद्वारा प्रमुख अतिथि, बिशिस्ठ अतिथिले समानपत्र एबम् नगद पुरस्कृत प्रदान गरिएको निर्णायक मिलन ढुंगानाले बताए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई नगद तथा प्रमाणपत्रद्वारा प्रमुख अतिथि, बिशिस्ठ अतिथिले समानपत्र एबम् नगद पुरस्कृत प्रदान गरिएको निर्णायक मिलन ढुंगानाले बताए ।कार्यक्रममा प्रमुख अतिथि केदारशसेर गिरी, प्रदेश सदस्य गोपाल तामाङ, पत्रकार चन्द्र भण्डारी, निलकण्ठ तिवारी, सहिद परिवारका सदस्य गोपी रिजाल लगायतले मन्तव्य राखेका थिए ।

सामुदायिक हलमा राम कट्टेल अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्द्र बुढाथोकीले स्वागत र निरज घिमिरे र शान्ता निरौलाले सञ्चालन गरेका थिए ।



















































