झापा  इलामको माङसेबुङमा इस्कुसको झ्याङ मुनि बालिका मृत अवस्थामा फेला परेकी छन् ।

इलाम माङसेबुङ तोभाङ घर भई हाल माङसेबुङ-१ देउरालीस्थित मामा घरमा बस्दै आएकी सुरेन्द्र राईकी छोरी १० वर्षीया सुप्रिया राई गएराति मामली घरबाट सय मिटर पूर्वमा रहेको इस्कुसको झ्याङ मुनि मृत अवस्थामा फेला परेकी हुन् ।

घटनाको अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली खटिएको जनाइएको छ ।