झापा । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री माननीय उद्धव थापामाथि शनिबार आक्रमण भएको छ ।
उनको देब्रे आँखाको माथिल्लो भागमा चोट लागेको छ । हाल बिर्ता सीटी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको छ ।
नेपाली काङ्ग्रेस कोशीका सभापति तथा संसदीय दलका नेता थापा माथि झापाको कनकाईस्थित जामुनबारी चोकमा शनिबार साँझ आक्रमण भएको हो ।
आक्रमणमा संलग्न विद्युत प्राधिकरणका चालकसहित दुई जनालाई प्रहरीेले नियन्त्रणमा लिएको छ । भीआईपी सवार गाडीलाई साइड नदिनु र भीआईपी भनेर चिनेपछि आक्रमण भएको बताइएको छ ।
थापाले आफ्नो ज्यानको कुनै प्रवाह नभए पनि नागिरकको ज्यानको सुरक्षामा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् । यो घटनाले जिल्लाको शान्ति सुरक्षा कस्तो रहेछ भनेर छर्लङ्ग बनाएको थााले बताए ।
नेता थापा नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कदै थिए ।