इटहरी । जाडो मौसममा आगो ताप्ने क्रममा सारीबाट आगो सल्किँदा सुनसरीमा एक वृद्धा गम्भीर घाइते भएकी छन् ।

सुनसरी इनरुवा-५ बलाहा बस्ने ७२ वर्षीया कमलाकुमारी न्यौपाने आफ्नै घरमा आगो ताप्ने क्रममा सारीमा आगो सल्किएर घाइते भएकी हुन् ।

आगो सल्किँँएर कम्मरभन्दा मुनि दुवै खुट्टाको तिघ्रामा जलेर घाइते भएकी वृद्धाको जिल्ला अस्पताल सुनसरी इनरुवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।