झापा । मोरङको सुन्दरहरैचामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । आज बिहानको राति सुन्दरहरैचा नगरपालिका-८ भृकुटी टोल बस्ने ७३ वर्षीय हरिप्रसाद घिमिरे घरबाट बाहिर निस्केको अवस्थामा घरदेखि १५ मिटर उत्तरपश्चिममा जंगली हात्तीले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आक्रमण गरी हात्ती जङ्गलतर्फ भागेको छ । प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र मृतकका छोरा विदेशमा भएका कारण शव पोस्टमार्टमको लागि कोशी अस्पतालमा लगेर राख्ने तयारी भइरहेको जनाइएको छ ।