मेचीनगर । झापाको मेचीनगरमा पत्नीले धारिलो हतियारले हान्दा पति गम्भीर घाइते भएका छन् ।
मेचीनगर-६ जेसिका होटलमा हरि श्रेष्ठको घरमा डेरामा बस्ने ३१ वर्षीय अमर लिम्बूलाई उनकी पत्नी २८ वर्षीया सुमित्रा खत्री (लिम्बू) ले धारिलो हतियार प्रहार गरेकी थिइन् ।
अमरको टाउको र हातमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि आम्दा मेची अस्पताल धुलाबारी पठाइएको छ ।