बिर्तामोड । बिर्तामोडका व्यवसायी राज भण्डारीले व्यवसायी राहत कोषमा २५ हजार एक सय रुपैयाँ सहयोग गरेका छन् । उनले आफ्नो जन्मदिनको अवसर पारेर उक्त रकम सहयोग गरेका हुन् ।
फ्रेन्ड्स फेसन वेयरका सञ्चालकसमेत रहेका राज भण्डारीले बाणिज्य संघ बिर्तामोडका अध्यक्ष राजु न्यौपानेलाई २५ हजार एक सय रुपैयाँ बरावरको चेक हस्तान्तरण गरेका हुन् । व्यवसायीको हितमा खोलिएको कोष वृद्धिका लागि आगामी दिनमा समेत सहयोग गर्ने प्रतिवद्धता जनाए ।
बिर्तामोड उद्योग वाणिज्य संघले आपत विपद्मा परेका व्यवसायीलाई राहत पुर्याउने उद्देश्यले एक करोड रुपैयाँ बरावरको अक्षयकोष स्थापना गरेको हो । अहिले कोषमा झापाका विभिन्न व्यवसायी, सामाजिक तथा अभियन्ताहरुले समेत रकम प्रदान गरिरहेको संघका महासचिव कुशल खतिवडाले बताए ।
फ्रेन्ड्स फेसन वेयरका सञ्चालक राजभण्डारीले संघले स्थापना गरेको राहत कोषमा सहयोग पुर्याएसंगै बिर्तामोड उद्योग वाणिज्य संघले समेत उनलाई कदरपत्रद्वारा सम्मान गरेको छ ।