झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले १२ दशमलव ३४ प्रतिशतले राजश्व वृद्धि गर्न सफल भएको जनाएको छ ।
अघिल्लो आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको राजश्व संकलनको आधारमा आव २०८१/२०८२ को साउनदेखि पुस मसान्तसम्ममा १२ दशमलव ३४ प्रतिशत राजश्व संकलनमा वृद्धि गर्न सफल भएको हो ।
चालू आर्थिक वर्ष २०८१/२०८२ को साउनदेखि पुस मसान्तसम्म छ महिनामा लक्ष पूरा गर्न नसकेपनी अघिल्लो आर्थिक वर्षको तुलानामा राजश्व संकनलमा प्रगति भएको आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले बताए ।
१ अर्व ८८ करोड राजश्व संकलनको लक्ष राखेको कार्यालयले १ छ महिनामा १ अर्व ५१ करोड राजश्व संकलन गरेको छ । उक्त राजश्व लक्षकाे ८० दशमलव ४६ प्रतिशत संकलन हो । सोही समयमा गत आवमा १ अर्ब ७९ करोड लक्ष राखेकोमा १ करोड ३५ लाख राजश्व संकलन गर्न सफल भएको थियो । कार्यालयले लक्षकाे लिएको आधारमा ७९ दशमलव ६२ प्रतिशत राजश्व संकलन गरेको हो । उक्त संकलन १६ करोडले बढी हो ।
बजारमा देखिएको आर्थिक कारोबारको अवस्था हेरेर अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व सङ्कलन सन्तोषजनक रहेको प्रमुख कर अधिकृत काफ्लेको भनाई छ ।
झापाको माइपुर्वदेखि इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाभर ४७ हजार ब्यवसायिक ठुला, मझौला र साना करदाताबाट विभिन्न शीर्षकहरु आयकर, भ्याट र अन्तशुल्कबाट राजश्व संकलन गरेको छ ।
त्यसमध्ये आयकरमा लक्ष पूरा गरेको छ भने भ्याट र अन्तशुल्कको राजश्व संकलन लक्षसम्म पुग्न चुनौति देखिएको जनाएको छ । चुनौतीलाई सामना गर्न कार्यालयले झापासहितका जिल्लामा १९ वटा कर शिक्षा एबम् सम्बन्धित सरोकारवलासँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
सो अवधीमा ४ वटा मदिरा कम्पनीलाई नक्कली स्टीकरसहित कार्वाहीका लागि अनुशन्धान अघि बढाएको प्रमुख कर अधिकृत काफ्लेको बताए । उनका अनुसार कर शिक्षालाई व्यापक बनाएपछी नक्कली स्टिकरसहित ब्यवसायी फेला परेको, भारतबाट भन्सार छल गरेर ल्याएको सुर्ती र मदिरासहित पक्राउपछि ६ जनालाई धरौटीमा छोडेको छ ।
अझ कर संकलनमा समस्यासहित छुटेका ठाउँमा कर शिक्षा कार्यक्रम गर्ने अघि बढाउने लक्ष राखेको प्रमुख कर अधिकृत काफ्लेको भनाई छ ।
त्यसका लागि बजार अनुगमन, दर्ता नगरी चलाएका ब्यवसायीलाई दर्ताको प्रक्रियामा ल्याउन, बिलिङको अवस्था बुझ्दै घट्दो आयातलाई बढाउने बारेमा समन्वय र जनचेतनामुलक गतिविधि गर्ने उनको भनाई छ ।
राजस्व संकलन, कार्यालय अनुशासन लगायतका बिधामा देशकै उत्कृष्ट सरकारी कार्यालयको रुपमा सम्मानित भएको आन्तरिक राजश्व कार्यालय भद्रपुरले गत आवमा २० करोड बढी राजस्व संकलन गर्न सफल भएको थियो ।