बिर्तामोड । बिर्तामोडमा जारी दोस्रो ‘आदिवासी जनजाति बिर्तामोड’ IMG_20240207_181201महोत्सवमा एक लाख बढी पर्यटकले अवलोकन  गरेका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परिषदद्वारा आयोजना गरिएको महोत्सवमा आन्तरिक र बाह्य एक लाख धेरै पर्यटकले अवलोकन गरेको परिषद्का उपाध्यक्ष दिपेन्द्र चौधरीले जानकारी दिन ।
१६ दिनअघि देखि आयोजना गरिएको महोत्सवमा ७१ वटा व्यापारिक स्टलरहेका छन् । व्यवसायिक कारोवारका हिसावले भन्दा पनि आदिवासी जनजातिको जातीय पहिचान संस्कार संस्कृति हेर्न तथा राष्ट्रिय स्तरका कलाकारको प्रस्तुति हेर्न धेरै दर्शक आएको मेला आयोजक समितिका सञ्चालक नारायण अधिकारीले बताए ।
माघ ९ गतेदेखि ३० गतेसम्म आयाोजना गरिएको महोत्सवको मुख्य उद्देश्य भनेकै लोप हुँदै गएको कला, संस्कृति र पहिचानको संरक्षण रहेको र महोत्सवमा हरेक दिन जातीय कला, संस्कृतिको प्रदर्शनी भईरहेको परिषद्का अध्यक्ष राजकुमार राजवंशीले बताए ।
महोत्सवमा आदिवासी, जनजाति समुदायको कला, संस्कृतिसँगै खानपान र पहिरनको समेत प्रदर्शनी गरिँदै आएको छ ।
मोत्सवमा सहभागीमध्ये बिर्तामोडका अभिषेक आचार्यले एक थान स्कूटर उपहार प्राप्त गरेका छन् भने अर्का एक व्यक्तिले एक तोला सुन जितेका छन् ।
महोत्सवमा सहभागीहरुको निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था समेत मिलाइएको छ । मनमोहन अस्पतालसंगको सहकार्यमा निःशुल्क स्वास्थ्य जाँच गरिँदै बताइएको छ ।
यसैबीच वुधवार महोत्सव स्थलमा थारु कल्याणकारिणी सभा बिर्तामोड नगर समितिले जातीय कला, संस्कृतिको प्रदर्शनी गरेको छ ।
परिषद्का केन्द्रीय सदस्य हरिनारायण चौधरीको प्रमुख आतिथ्य तथा बिर्तामोड नगर सभापति सूर्यनारायण चौधरीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
थारु कल्याणकारिणी महिला कार्यसमिति झापाकी अध्यक्ष अरुणा चौधरीले स्वागत गरेको कार्यक्रममा थारु कल्याणकारिणी सभाका पूर्व जिल्ला कार्यसमिति लव कुमार चौधरी, केन्द्रीय पार्षद पुष्पलाल चौधरी लगायतले शुभकामना मन्तव्य राखेको परिषदका वुद्धिलाल चौधरीले जानकारी दिए ।
कार्यक्रमको सञ्चालन परिषद्का जिल्ला सल्लाहकार हरि नारायण चौधरीले गरेका थिए ।