झापा । झापामा रहेका केहि सामुदायिक बनले बन क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउने प्रयास गरेको पाइन्छ । झापा २ दर्जनबढी बनले आफ्नो बनलाई पर्यटन आगमनको गन्तब्यस्थलको रुपमा परिचित गराउन लागिपरेको देखिन्छ ।
सामुदायिक बनले पर्यटन क्षेत्रले रुपमा सुरु गरेको पर्यटन प्रवर्द्धन कार्यक्रम अन्तर्गत झापाका विभिन्न बनले सुरु गरेका छन् । त्यस्तै पुर्वमा कालिका सामुदायिक बनले जङ्गलको बिरुवा भएकै स्थलमा बनभोजस्थललाई बिकास गरेको छ ।
बिरुवाको बिकाससँगै बन समितिको अर्थतन्त्रमा बिकास गर्दै आएको छ ।
कालिका पर्यटन बिकास समिति हुँदै पछिल्लो समयमा निचाझोडा सिमसार पार्य-पर्यटन क्षेत्रकाे रुपमा बिकास गरेको पाइन्छ । मेचीनगर-११ वडामा पर्ने कालिका सामुदायिक उपभोक्ता बन समितिले आन्तरिक र बाह्य पर्यटनलाई आक्रषण गर्दै मनोरञ्जन प्रदान गर्दै आएको छ । अन्य बन भन्दा छुट्टै पहिचान बनाउन सफल भएको कालिका बनले बनको केही क्षेत्रमा रबर खेती गरी आर्थिक आर्जनसमेत गर्दै आएको छ ।
बिकास क्षेत्रले पुस महिनामा ६ लाख ५० हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ । अन्य बिषयभन्दा आम्दानी हुने भएपछी आम्दानीको श्रोतको रुपमा पुस महिनालाई महत्त्वपूर्ण महिनाको रुपमा लिइँदै आएको छ ।
कालिका सामुदायिक उपभोक्ता बनको रुपमा रहेको बनले पर्यटनको मन खिच्ने खालको गतिविधि समेत गर्दै आएको अध्यक्ष योगेश भट्टराईले जानकारी दिए ।
काठ र दाउराबाट मात्रै आम्दानी गर्दै आएको कालिका बनले १५ वर्षयता पर्यटनकको गन्तव्यस्थलको रुपमा बिकास गर्दै आएको छ भने हाल दैनिक बोटिङबाट ७ हजार ५ सय रुपैयाँ नाउँ बोटिङ गर्दा आम्दानी गर्दैआएको छ । चिल्ड्रेन पार्कबाट सरकारी बिदा वा शनिबारको दैनिक १५ हजारबढी आम्दानी हुने गरेको कोषाध्यक्ष अनिल मेचेले जानकारी दिए ।
शनिबारको दिन ८० देखि १२० वटा बनभोज आउने गरेको समितिको भनाई छ । बनभोजका लागि अझ ब्यवस्थापन गर्न समिति लागि परेको अध्यक्ष भट्टराईको भनाई छ । समितिले बनभोजका लागि ब्यवस्थापन गर्दै सरसफाइमा पनि उतिकै ध्यान दिएको छ ।


















































