मेचीनगर । नेपाल मिस युनिभर्स नेपाल-२०२३ मा फाइनल राउण्डमा पर्न सफल झापाली चेली अभिलाषा लम्साललाई भोट गरेर जिताउन उनका परिवारले आग्रह गरेका छ्न् ।

प्रतियोगी अभिलाषा लम्सालका बुवा अर्जुन लम्साल, मामा देबेन्द्र खरेल, सानिमा दिपा खरेल दाहालले बुधबार पत्रकार सम्मेलन गरेर भोट गरिदिन आग्रह गरेका हुन् । IMG_20230906_174132

मानब ओसारपसार रोक्न, समाजमा हिंसाका घटनामध्ये बड्दो रुपमा बलात्कारका घटनालाई निरुत्साहित गर्ने महिला आफैले  आत्मरक्षा वा आत्मसुरक्षा गर्नुपर्दछ र मानव ओसारपसार तथा बेचबिखनको विरुद्धमा आफ्नो धारण व्यक्त गरेकी अभिलाषा दोस्रो राउन्डबाट अग्रस्थानमा छनोट भइसकेकी उनका बुवा लम्सालले जानकारी दिए ।

IMG_20230906_170953बिवाहित महिलाले पनि सहभागी हुन पाउने उक्त नेपाल मिस युनिभर्स नेपाल २०२३ को प्रतियोगीमध्ये २२ जनामा अग्रस्थानमा पर्न सफल भएकी छ्न् उनका मामा देबेन्द्र खरेलले भने, प्रतियोगिताअन्तर्गत भाद्र २३ गते शनिबार हुने `फिनाले´को समयसम्ममा सक्दो भोटिङ गरेर सहयोग गरिदिन अनुरोध गर्दछु ।´ 

झापाली चेलीको जितले झापाको गौरव र सान मात्रै होइन उनको बौद्धिकताको कदर हुने भएकाले जितका लागि सबैले भोटिङ गरिदिन अनुरोध गरेको लम्सालकी सानिमा दिपा खरेल दाहालले बताइन् । सानैदेखि केही सिक्न उत्सुक हुने चन्चले स्वभावकी धनि प्रतियोगी लम्साल सरसफाई, धार्मिक तथा सामाजिक काममा औंधी रुचि राख्दै आएकी छ्न् । अभिलाषाको प्रतियोगी नम्बर १०३३ रहेको छ । खल्ती एफबाट १० रुपैयाँदेखि ३५ हजारसम्म भोट गर्न सकिने बताइएको छ ।

IMG_20230906_170818

को हुन् अभिलाषा 

बुवा अर्जुन र आमा जयन्ती खरेल लम्सालको पहिलो सन्तानको रुपमा २०५२ साल पुस ७ गते झापाको मेचीनगर-६ मा जन्म भएको थियोे । धुलाबारीस्थित इस्ट होराइजनमा कक्षा ७ देखि कक्षा १२ सम्म अध्ययन गरेकी थिइन् । अभिलाषाले नेपालमा स्नातक र डेनमार्कमा मास्टर गरिसकेकी छ्न् । उनका एक भाई छ्न् । 

पोखराका प्रबिन पौडेलसँग २०७९ सालमा बैवाहिक जिवनमा बाँधिनएकी थिइन् ।