झापा । मोही जग्गा विवादका कारण दाजुभाईले झापा मेचीनगर–८ का सुन्दर किसानको हत्या गरेको खुलेको छ ।
मृतक सुन्दर किसान काकाका एक्ला छोरा हुन् भने हत्या अभियोगमा पक्राउ परेका सोहि ठाउँका रामजी किसान र कुकरशिंह किसान बडिबाका छोरा भएको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ ।
जेठो रामजी र माइलो सुपरसिंह दाजुभाइ हुन् भने सुन्दर किसान काकाका छोरा रहेको वडा नम्बर -८ का वडाध्यक्ष गिरीराज धमलाको भनाई छ । रामजी र सुन्दरका बुबा फरक हुन् तर आमा एउटै रहेको उनले बताए ।
‘उनीहरुको हजुर आमाको १८ विगाहा मोहिनी हकको जग्गा थियो’, वडाध्यक्ष धमलाले भने–‘सो जग्गा रामजी र सुपरसिंहका बुबाहरुले पाएका रहेछन् । सुन्दरका बुवालाई चाहिँ सो जग्गा दिएनछन् ।’
उनीहरुको जग्गा वा अरु केहि पुरानो रिसिवीका कारण सुन्दरको हत्या भएको हुनसक्ने वडाध्यक्षका अनुमान छ । सुन्दरका बुबा रवि जिवितै छन् । वडा नम्बर-८ स्थित सेन्ट्री टोलका ४३ वर्षीय सुन्दरको शव पैनीको झाडीमा भेटिएको थियो ।
सुन्दरको घाँटी काटिएको र टाउकोमा धारिलो हतियारको चोट लागेको अवस्थामा शव फेला परेको र घटनास्थल नजिकै सिक्कल र रड भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



















































