काठमाडौं २७, साउन । सुदर्शन थापाले निर्देशन गर्न लागेको आगामी फिल्म ‘रावायण’मा अभिनेत्री शिल्पा मास्के र अभिनेता कामेश्वर चौरसिया अनुबन्धित भएका छन् ।

शुक्रबार फिल्मकी निर्मात्री सुप्रिया कट्वालले सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा उनीहरुलाई औपचारिक रुपमा अनुबन्ध गरिएको जानकारी दिएकी छन् ।

यसअघि फिल्मको एक नायिकामा नीति शाह अनुबन्धित भइसकेकी छन् । फिल्मको शीर्ष नायकमा यसअघि नै अभिनेता अनमोल केसी अनुबन्धित भइसकेका छन् । फिल्मको छायांकन भदौदेखि गर्ने तयारी छ ।