दमक । झापाको दमक सडक खण्डमा कुदिरहेको बुलेट मोटरसाइकलमा अचानक आगलागी भएको छ । मंगलबार दिउँसो १२ः४५ बजे दमक ८ नेम्वाङ ड्राइभिङ सेन्टर अगाडी पूर्वपश्चिम लोकमार्गमा भद्रपुरबाट इटहरीतर्फ जाँदै गरेको प्र.१–०२–०५२ प ८५७३ नं. को कालो रंगको बुलेट मोटरसाइकलमा गुडिरहेको अवस्थामा अचानक आगलागी भएको हो । इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोली, दमक नगरपालिकाको दमकल र स्थानीयबासीको सहयोगमा उक्त आगो नियन्त्रणमा लिइएको थियो ।मोटरसाइकल पूर्णरुपमा क्षति भएपनि मोटरसाइकल चालक संखुवासभा मादी–३ घर भई हाल सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म भद्रपुर झापामा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार गणेश जिमी सकुशल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।