सुरुङ्गा । चाडपर्वलाई लक्षित गर्दै युवा व्यवसायी रोशन चुडालले झापाको सुरुङ्गामा आधुनिक सुविधासम्पन्न मासु पसल सञ्चालनमा ल्याएका छन्। शिवसताक्षी नगरपालिकाका नगरप्रमुख रोशन थोप्राले रिवन काटेर फेस कट एण्ड बचरी नामक मासु पसलको उद्घाटन गरेसँगै औपचारिक रूपमा सञ्चालनमा आएको हो।

व्यवसायी चुडालका अनुसार उपभोक्तालाई स्वच्छ, स्वस्थ्यकर र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले आधुनिक तथा हाइजेनिक मासु पसल सञ्चालनमा ल्याइएको हो। शिवसताक्षीमा रहेको आफ्नै फार्ममा उत्पादन गरिएका खसी तथा कुखुराको मासु बिक्री गरिने उनले जानकारी दिए।

करिब ४० लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको उक्त व्यवसायले उपभोक्तालाई नमुना सेवा प्रदान गर्नुका साथै उचित मूल्यमा मासु उपलब्ध गराउने लक्ष्य लिएको छ। झापाका विभिन्न होटल तथा उपभोक्ताको मागअनुसार मासु उपलब्ध गराउने व्यवस्था मिलाइने व्यवसायी चुडालले बताए।

पछिल्लो समय चाडपर्वका अवसरमा मासुको माग बढ्ने गरेको अवस्थामा स्वच्छता, गुणस्तर र उचित मूल्यलाई प्राथमिकता दिँदै व्यवसाय सञ्चालनमा ल्याइएको उनको भनाइ छ। आफ्नै फार्ममा उत्पादन भएका खसी तथा कुखुराको मासु बिक्री गरिने भएकाले उपभोक्तालाई गुणस्तरीय मासु उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख रोशन थोप्राले झापामै नयाँ र नमुना अभ्यासका रूपमा आधुनिक मासु पसल सञ्चालनमा आएको भन्दै खुसी व्यक्त गरे। उनले उपभोक्तालाई स्वस्थ्यकर मासु उपभोग गर्न आग्रह गर्दै युवा व्यवसायी चुडालको उद्यमलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।

स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै स्वच्छ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यसहित सुरु गरिएको यस व्यवसायले स्थानीय क्षेत्रमा रोजगारी सिर्जना तथा व्यावसायिक गतिविधि विस्तारमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।