झापा । झापाका अग्रज पत्रकार गोविन्दचन्द्र क्षेत्री बिरामी भएपछि अस्पताल भर्ना भएका छन् । ८२ वर्षीय क्षेत्रीलाई भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटलमा उपचारका लागि भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ।केही समयदेखि नशा र मुटुसम्बन्धी रोगबाट पीडित पत्रकार क्षेत्रीको शरीरमा सोडियम र हेमोग्लोबिनको कमी देखिएको चिकित्सकले बताएका छन् । हाल स्वास्थ्योवस्था सुधारोन्मुख रहेको जनाइएको छ । ६ दशकबढी समय पत्रकारितामा सक्रिय क्षेत्री झापाका पुराना र सम्मानित सञ्चारकर्मीका रूपमा परिचित छन्। नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व सभापति रहेका उनले प्रेस युनियनमा आबद्ध रहँदै विभिन्न जिम्मेवारी सम्हालेका थिए।