धरान । जनकपुरबाट धरानको भेडेटार शैक्षिक भ्रमणका क्रममा बस दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ । बसको ब्रेक फेल भएर दुर्घटनामा परेको धरानका प्रहरी प्रमुख एसपी कवित कटुवालले जानकारी दिए । दुर्घटनामा परी एक बच्चासहित पाँच नाकाृ मृत्यु भएको छ ।IMG-20251212-WA0003(1) १२ जना घाइतेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जनकपुरबाट धनकुटाको भेडेटार पुगेर फर्केको बस ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीको भनाई छ ।amcon add 2 बसले एउटा स्कुटरलाई धक्का दिएपछि स्कुटर बसको चक्कामुनी पसेको थियो । मृतक र घाइतेहरू बसका यात्रु हुन् वा दुर्घटना भएको ठाउँमा किचिएका हुन् भन्ने पुष्टि नभएको प्रहरीले जनाएको छ ।