बिर्तामोड । बिर्तामोडमा मोबाइल चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । गएराति ९ बजे बिर्तामोड ५ सुब्बा चोक बस्ने सरोज सुवेदीको मोबाइल चोरी गरी किनबेच भइरहेको भन्ने खबर प्राप्त हुनसाथ तत्काल इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी सहायक निरीक्षक प्रकाश योक्पाङदेनको कमाण्डमा टोली खटिएर चोरीको मोबाइलसहित दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने बर्ष ३० का महमद मुस्ताज र वडा नं.४ बस्ने बर्ष २६ का आकाश लुइटेल रहेका छन् । दुवैलाइ चोरीको अनुसन्धानको सिलसिलामा नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याइ राखिएको छ ।





