धुलाबारी । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाका उत्कृष्ट वचत कर्ता तथ ऋणीहरुलाई सम्मान गर्दै छैठौं इकाइगत साधारणसभा बुधबार धुलाबारीमा सम्पन्न गरेको छ । संस्थाले सबै केन्द्रमा इकाइगत साधारण सभा सम्पन्न गर्दै चारआली सेवा केन्द्र, बुधबारे सेवा केन्द्र, धुलाबारी सेवा केन्द्र, काँकरभिट्टा सेवा केन्द्रका लागि धुलाबारीमा छैठौं इकाईगत साधारण सभा सम्पन्न गरेको हो । 
संस्थाले उत्कृष्ट बचतकर्ताहरु धुलाबारीका सुवोध कट्टेल र मुकेश ठाकुर, बुधबारेकी अनिता गुरागाँई, चारआली डम्बर थापालाई नगदसहित सम्मान गरेको छ । 
त्यसैगरी डुकुला श्रेष्ठ, काँकरभिट्टाकी गुञ्जा दाहाल, बुधबारेकी रणमाया अधिकारी र चारआलीकी तुलसा कार्कीलाई उत्कृष्ट ऋणी रुपमा नगदसहित सम्मान गरेको थियो ।
त्यस्तै नरमाया कार्की, देवर्सी राजवंशी, मीनाकुमारी राजवंशी, प्रतिमा गजुरेल भण्डारी, धुलाबारीका प्रमोद साह, धनकुमारी राजवंशी र गीता राजवंशीलाई उपचार राहत स्वरुप नगद प्रदान गरेको छ ।  
कार्यक्रममा संस्थाका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेत, सचिव इन्द्रबहादुर कार्की, कोषाध्यक्ष मेहरमान विष्ट र लेखा संयोजक रमेशकुमार अधिकारीले नगद तथा सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा अध्यक्ष सुवास भट्टराईले गत आर्थिक वर्ष २०८१÷२०८२ को संस्थाको आयव्यय प्रस्तुत गरेका थिए । झापा जिल्लामा २५ वटा, इलाम जिल्लामा ११ वटा र मोरङ जिल्लाम ९ वटा र पाँचथरमा एउटा गरी जम्मा ४६ वटा शाखा सञ्चालनमा छन् । शाखामध्ये सातौं इकाइगत साधारण सभा विहीबार विर्तामोडमा हुने जनाएको छ । इकाइगत साधारणसभापछि १५ औं बार्षिक साधारणसभा तथा माइनेट प्रमाणिकरणको तयारी गरेको हो । 
सुवास भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले स्वागत र सञ्चालन प्रेम बस्नेतले गरेका थिए ।