बाह्रदशी झापाको बाह्रदशी गाउँपालिका-६ स्थित मिनी माउन्टेन ईङलिस सेकेण्डरी बोर्डिङ स्कुलका १७ जना विद्यार्थी सिकिस्त भएका छन् ।
आज दिउँसो २ बजे बाह्रदशी गाउँपालिका-६ स्थित मिनी माउन्टेन ईङलिस सेकेण्डरी बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरुले सोही बिद्यालयमा जडित खानेपानीको धाराको पानी पिउँदा पेट दुखेर सिकिस्त भएका हुन् । बिरामी विद्यार्थीहरुलाई बिद्यालयका शिक्षकहरुले उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।