मेचीनगर । झापाकाे मेचीनगर-९ थोप्ले बिरामका मणिराज अधिकारीको घरमा आगलागी हुँदा ११ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
अधिकारीको पहिलो तल्ला ईटाको गारो र दोस्रो तल्ला काठ- टिनले बेरेको टिनको छानो भएको दुई तले घर बिद्युत सर्टभई आगलागी हुँदा ११ लाख बराबरको क्षति भएको हो ।
आगलागीपछि स्थानीयबासी, नेपाल प्रहरीले निभाउन सहयोग गरेपनी धुलाबारी चोकदेखि उत्तरको बाटो निर्माणाधीन अवस्थामै हुँदा समयमा बारुणयन्त्र पुग्न नसक्दा पुर्ण रुपमा क्षति भएको हो । आगलागीबाट लत्ताकपडा, नगद, फर्निचर, चौपायाँ क्षति भएको प्रहरीले जनाएको छ ।