धुलाबारी । बिषालु च्याउ खाएर झापाको मेचीनगरमा तीनजना सिकिस्त भएका छन् । शुक्रबार दिउँसो मेचीनगर नगरपालिका–१५ रघुबिर चौक बस्ने ७० वर्षीय भक्तबहादुर राई, उनकी श्रीमती ६५ वर्षीया चन्द्रिका राई र नातिनी ४ वर्षीया बिनसी राईले घरनजिकै निन्दा खोलाको बगरमा उम्रेको च्याउ घरमा ल्याई पकाएर खाएका थिए ।
च्याउ खाएर बिरामी भएपछि उनीहरुलाई बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको छ । बोल्न सक्ने सबै विरामीहरुको अबस्था मध्यम रहेको जनाइएको छ ।