झापा । कोशी प्रदेश लगायत देशको पहाडी भू-भागका केही ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा, थोरै ठाउँमा चट्याङसहित वर्षा हुने पुर्वानुमान महशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ । महाशाखाका अनुसार ती प्रदेशका एक/दुई स्थानमा चट्याङसहित वर्षाको सम्भावना पनि रहेको छ ।
देशका उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक-दुई स्थानमा हल्का वर्षाका साथै हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको  छ।