झापा । ताप्लेजुङमा प्रहरीको गाडी पल्टिदा असईसहित चार जना प्रहरी घाइते भएका छन् । गएराति ९.४० बजे ताप्लेजुङको फुङलिङ नगरपालिका–७ शनिवारे हटियालाइनमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको को. १ झ. ६०६ नम्बरको गाडी दुर्घटनामा परेको हो ।

प्रहरी सहायक निरीक्षक नन्दलाल बैठाको कमाण्डमा ५ जनाको टोली खटिएको मोबाईल गाडी एरिया क्लिएर गर्ने क्रममा बाक्लो हुस्सुका कारण टर्निङ गर्ने क्रममा अचानक पल्टिएको थियो ।

घाइते हुनेहरुमा प्रहरी सहायक निरीक्षक नन्दलाल बैठा, प्रहरी बरिष्ठ हवल्दार प्रकाशकुमार साह, प्रहरी जवान ढाकबहादुर थापा  र प्रहरी जवान सुमन आङदेम्बे घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमको टोली खटिएर घाइतेहरुलाई उद्धार गरी जिल्ला अस्पताल ताप्लेजुङमा ल्याई उपचार भइरहेको जनाइएको छ ।