विसं. २०३६ सालमा ओमनाथ र कौशिलादेविको कोखबाट जन्मिएका भवानी प्रसाद दंगाल (भानु) हल्दिबारी–५ का स्थायीबासी हुन् । दंगालले साविक जलथलको मोती निमाविमा कक्षा ७ सम्मको अध्ययन गरे र हल्दिबारी माविबाट एसएलसी उत्तीर्ण गरे ।मेची क्याम्पस भद्रपुरबाट अंग्रेजी र अर्थशास्त्रबिषयमा प्रविणता प्रमाण पत्र तह पूरा गरेका दंगालले स्नातक तह दमक क्याम्पसबाट पूरा गरेका हुन् ।उनले महेन्द्र क्याम्पस धरानबाट अंग्रेजी बिषयमा स्नातकोत्तर तह पूरा गरेका छन् ।
सामाजिक तथा राजनितिक क्षेत्रमा क्रियाशिलदंगाल २०६५ सालदेखि सहकारी अभियानमाजोडिएका हुन् ।उनले २०६८ सालसम्म कर्णाली साकोस बिर्तामोडको सचिवको रुपमा काम गरे ।२०६९ यता प्रदेश १ कै ठूलो संस्थाको रुपमा स्थापित हाम्रो नेपाल साकोसको नेतृत्वमा रहेका काम गरिरहेका छन् ।हाम्रो नेपाल कोशी प्रदेशमा छैठौँ ठूलो सहकारी संस्थामा पर्दछ ।
संस्थागत रुपमा दंगालको सामाजिक सहभागिता हेर्ने हो भने २०७४ सालमा उनी झापा जिल्ला सहकारी संघको सह–सचिव बने भने २०७८ सालदेखि झापा जिल्ला सहकारी संघ र २०७९ सालदेखि प्रदेश सहकारी संघको सचिवको रुपमा २०८१ सालको अन्त्यसम्म निरन्तर क्रियाशिल रहे ।
सहकारी मुल्य, मान्यता र सिद्धान्तलाई नजिकबाट बुझेका दंगाल सहकारी अभियानलाई अबको दिनमा कसरी अगाडि बढाउने बिषयमा स्पष्ट दृष्टिकोण आफुसँग रहेको बताउँछन् ।सहकारी सम्बन्धि विभिन्न तालिम, गोष्ठी, कार्यशाला आदि सञ्चालन गरेका दंगाल अघिल्लो कार्यकालमा पूरा गर्न बाँकी काम सम्पन्नगर्न सचिव पदमा पुनः उम्मेदवारी दिएको र आफु दर्बिलो उम्मेदवार भएको बताउँछन् ।
सुदृढ र व्यावसायिक संघको विकास, सहकारी संस्थाहरुको गुणस्तर विकास र स्थायित्व, सहकारी संस्था र संघको प्रवद्र्धन, वित्तीय सवलता, व्यावसायिक संघ र संस्थाको सुरक्षा–प्रवद्र्धन गरी छ वटा बुँदे कार्ययोजनाका साथआफू चुनावी मैदानमा उत्रिएको सचिवका प्रत्यासी दंगाल बताउनुहुन्छ ।
आगामी कार्यकालका लागि उनले ६ बुँदे एजेण्डा अघि सारेका छन् ।‘सहकारी अभियान अहिले संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ,’ उनी भन्छन्, ‘सहकारीका संकटमोचन गरेर सहकारी अभियानलाई सफल बनाउन जरुरी छ ।’
लामो सयमदेखि सहकारी अभियानमा आबद्ध दंगाल सरकारको तीन खम्बे अर्थनीतिको एउटा खम्बाको रुपमा रहेको सहकारीलाई सुदृढ र सबल बनाउन सके मात्र मुलुकले हासिल गर्न खोजेको समृद्धि प्राप्त हुने धारणा राख्छन् ।
सहकारी क्षेत्रमा हाल देखिएका समस्या भित्री बाहिरी दुवै रुपमा रहेक