बिर्तामोड । शिक्षक आन्दोलनबाट फर्किएका शिक्षक सवार बस दुर्घटनाका हुँदा २१ जना घाइते भएका छन् । आज विहान शिवसताक्षी नगरपालिका-९ मिलन चौकमा भएको रात्री काठमाण्डौंबाट काँकडभिट्टातर्फ आउँदै गरेको को प्रदेश १–०१–००१ ख ४२३५ नम्बरको सयपत्री बस अनियन्त्रित भई पल्टिँदा २१ जना घाइते भएका छन् ।
घाइतेमध्ये १२ जनाको बिर्तासिटी र ९ जनाको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला झापा मेचीनगर नगरपालिका १ बस्ने बर्ष ५५ को टेकचन्द्रफुयाल, दोलखा गौरीशंखर नगरपालिका ४ बस्ने बर्ष ५२ को शान्तिप्रसाद उप्रेती,इलाम सन्दकपुर गाउपालिका -५ बस्ने बर्ष ४६ को गोपाल खतिवडा, मेचीनगर- १४ का टिकेन्द्र ढकाल, अर्जुनधारा नपा-१ का लोकनाथ ढकाल, पाँचथर फाल्गुनन्द- ७ बस्ने बर्ष ४५ को सिताराम अधिकारी, कालिकोट रास्कोट नपा-४ का पुर्णनाथ योगी, कचनकवल-३ बस्ने बर्ष २० को श्याम तामाङ,  झापा मेचीनागर नगरपालिका- १ का अनिल बिक बिएण्डसी अस्पतालमा पुर्याइएको छ ।
झापा भद्रपुर नगरपालिका -५ काभोला पन्थी, इलाम फाकफोथुम गाउँपालिका -३ का सन्तोष अचार्य, झापा बिर्तामोड नगरपालिका- ६ का शान्तिमाया राई, मेचीनगर नगरपालिका-९ का ईश्वर प्रसाद भन्डारी, मेचीनगर-१३ का सृजना प्रासाई, सोही वडाकी ५२ की सिता मगर, बर्ष ५० को सिताराम रिमाल, मेचीनगर-४ बर्ष ५५ को मीनबहादुर पौडेल, पाँचथर आङसाराङ गाँउपालिका ५ बस्ने बर्ष २८ को दिपक सुब्बा, मेचीनगर नगरपालिका- ८ बस्ने बर्ष ४२ को पदम प्रासद पौडेल,कनकाइ नगरपालिका-३ बस्ने बर्ष २४ राजन चिमरिया, रौतहट राजपुत नगरपालिका-५ बस्ने बर्ष २५ को बिक्रमकुमार दासको उपचार बिर्तासिटी अस्पतालमा हुँदैआएको छ । बस चालक झापा शिवसताक्षी नगरपालिका-८ बस्ने बर्ष ३८ को महेन्द्र कन्द्ङवालाई इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको प्रहरीको भनाई छ ।