इट्टाभटा । झापाको मेचीनगर वडा नम्बर ७ ले चालू आर्थिक बर्षमा झन्डै आधा दर्जन सडकको स्तरोन्नति गरेको छ । नगर, प्रदेश र संघीय सरकारको बजेटबाट बाटोको स्तरोन्नति अन्तरगत कालोपत्रे निर्माण गर्दै आएको हो । वडाले एकै दिन २ वटा छुट्टाछुट्टै सडकमा कालोपत्रे निर्माण सम्पन्न गरेको छ ।IMG_20250424_171903
बिहीबार  सतिघट्टा बिओपीदेखि माइती नेपाल लालपानी सडक र राजमार्ग उत्तर मेची सहकारी अगाडिको बिष्णुलक्ष्मी मन्दिर जाने सडकमा कालोपत्रे गरेको मेचीनगर-७ का अध्यक्ष प्रल्लादमणि ओलीले जानकारी दिए । २ वटा बाटोको स्तरोन्नतिका लागि करसहित संघीय सरकारको ८१ लाख ९७ हजार ७ सय २० रुपैयाँ ४१ पैसा रकमबाट निर्माण गरिएको हो ।IMG_20250424_172827
वडाको बजेट थोरै भएपनी वडाध्यक्ष र सदस्यको सक्रियतामा प्रदेश र संघीय सरकारसमक्ष आयोजनाको माग पेशपछि उक्त योजनाको काम सफल गरेको हो । सतिघट्टा बिओपीदेखि माइती नेपाल जाने लालपानी सडक खण्डमा २ सय मिटर लम्बाई र साढे ५ मिटर चौडाई तथा ४० एमएम मोटाइको कालोपत्रे निर्माण गरिएको वडाअध्यक्ष ओलीको भनाई छ ।FB_IMG_1745503572144
राजमार्ग उत्तर मेची सहकारी अगाडिको बिष्णुलक्ष्मी मन्दिर जाने सडकमा ३ सय ४८ मिटर लम्बाई, ६ मिटर चौडाइ र ४० एमएम मोटाईको कालोपत्रे निर्माण खनाल निर्माण सेवाले गरेको हो ।
उक्त बाटो स्तरोन्नतिको अनुगमन तथा निरीक्षण गरिएको छ ।निरीक्षणमा वडाध्यक्ष ओली, वडासदस्यद्वय मिनमाया लिम्बू, पुनलाल राजबंशी र नगरपालिकाका इन्जिनियर बिशाल जबेगु लगायतको उपस्थिति थियाे ।Screenshot_2025-04-24-19-51-41-820_com.facebook.katana-edit
त्यस्तै २१ लाख ९५ हजार ३ सय ११ रुपैयाँको लागतमा देबेन्द्र बुढाथोकीको घर जाने बाटो तथा एकता टोलकाे चुडामणि भेटुवालको घर जाने बाटोमा ब्लग निर्माण आयोजना सम्पन्न गरेको छ ।
नगरको बजेटमा १ सय ७० मिटर लम्बाई र साढे ५ मिटर चौडाइको ब्लग निर्माण गत चैत मसान्तमा सम्पन्न गरिसकेको छ । त्यस्तै पुरानो भन्सार नर्सरी मार्ग कालोपत्रे, भान्सा खोला गैरीगाउँ कालोपत्रे निर्माण गरिने वडा कार्यालयले जनाएको छ ।