इटभट्टा । सदस्यको जीवनस्तर उकास्ने गरी आयाअर्जनमुलक क्षेत्रमा लगानी गरि उत्पादन, बजारीकरण गर्न सहकारीकर्मीले जोड दिनुपर्ने झापाको इटाभट्टामा आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । 

उत्पादनमुखी क्षेत्रमा सहकारीले लगानिसहितको सहभागिता हुँदा आफ्ना सदस्यको क्षमता, योग्यताको आधारमा स्वरोजगारको सम्भावना बड्ने बताएका हुन् ।BeautyPlus_20241130121413845_saveझापाको मेचीनगर-७, मा संचालित मेची कृषक बहुमुखी सहकारी संस्था लिको शनिबार सम्पन्न १५ औं वार्षिक साधारणसभाका बक्ताले उक्त कुरा बताएका हुन्  । कार्यक्रमको प्रमुख अतिथि मेचीनगरकी उपमेयर मिना उप्रेती पोख्रेलले सहकारीको ध्यान नाफामुखीतर्फ मात्रै उद्दत भएको पाइएकाले त्यसमा सेवामुखीतर्फ लाग्न आग्रह गरेकी थिइन् ।प्रमुख अतिथि उप्रेतीले केहि सहकारी सञ्चालकको शैलीका कारण समस्यामा आएको भन्दै सबै सहकारीलाई एकै नजरले नहेर्न पनि आग्रह गरेकी थिइन् । कृषि क्षेत्रमा धेरै सभावना देखिएको जनाउँदै उनले कोशी प्रदेशमै बीउ-बिजन भण्डारण र बितरण गरी संस्थाले कृषकका लागि उत्कृष्ट काम गर्दै आएकोप्रति धन्यवाद समेत व्यक्त गरिन् । 

कार्यक्रमका विशेष अतिथि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना केन्द्र झापाका प्रमुख रबिन्द्र सुवेदीले कृषकको माग बमोजिम सहकारीले कृषि औंजारको माग गरे प्रदान गर्न तयार रहेको प्रतिबद्धा जनाएका थिए ।BeautyPlus_20241130132025215_saveकार्यक्रममा मेचीनगर-७ का वडाध्यक्ष प्रल्लदमणि ओली, ८ का अध्यक्ष गिरिराज धमला, महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष टीका सुवेदी, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था इटाभट्टाका इन्चार्ज राजन ढकाल लगायतले मन्तब्य राखेका थिए । 

सहकारीको विभिन्न बिधाबाट उत्कृष्ट घोषित ब्याक्तीहरुलाई कार्यक्रममा नगदसहित सम्मान गरेको छ।

यस पटकको उत्कृष्ट बचतकर्ताको रुपा रश्मि धिमाललाई प्रदान गरेको छ । त्यस्तै बाल बचततर्फ एन्जिन राजबंशीलाई नगदसहित सम्मान प्रदान गरिएको थियो । अनिवार्य बचततर्फ प्रतापकुमारज राजबंशी र लालमाया मगरलाई सम्मान गरेको हो । त्यस्तै उत्कृष्ट कारोबार गर्ने चार जना माया खड्का, आमबहादुर राई, डम्बरकुमारी थापा, रामचन्द्र आचार्यलाई सम्मान पत्र र नगद प्रदान गरिएको हो ।BeautyPlus_20241130123016793_saveत्यस्तै उत्कृष्ट कृषकतर्फ पुजा पुरी र नरप्रसाद बाँस्तोला, रास्ट्रिय खेलाडी हिमा मगर, उत्कृष्ट ऋणकी, रामचन्द्र आचार्य र  डम्बरकुमारी थापालाई सम्मान गरेको हो । जेष्ठ नागरिक पम्फा लामा, अशोक लामा, ईश्वरी खरेल, भवमाया पराजुली, सुनिल गौतम, पादुशिह राजबंशी, नरप्रसाद अधिकारी, अनन्तप्रसाद घिमिरे, चन्द्रकान्त कर्ण, तलमुनि राजबंशी,पिताम्बर शर्मा , गौरिमा पौडेल, पदमबहादुर भट्टराई, गणेशबहादुर भट्टराई, निलकुमारी जोसी, जसमाय लिम्बू, पलमान थामी, मनमाया सारु मगर, तुलसीप्रसाद घिमिरेलगायतलाई नगदसहित सम्मान गरेको हो ।BeautyPlus_20241130121437423_saveहरि बुढाथोकीको अध्यक्षतामा सम्पन्न २५ औं  वार्षिक साधारण सभा एबम् माइनुट प्रमाणीकरण कार्यक्रमको संचालन कमलप्रसाद बाँस्तोलाले गरेका थिए ।