बिराटनगर । मोरङको बिराटनगर महानगर पालिकामा आज (बिहीवार) बाट मुख्य राजमार्गमा सिटी सफारी आगमनमा रोक लगाइने भएको छ । सिटी सफारी राजमार्गमा बढेसँगै दुर्घटनाको जोखिम न्यूनिकरणका लागि भन्दै नयाँ नियम नै बनाएर सिटी सफारी राजमार्गमा चलाउन रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आजबाट विशेष योजनासहित सिटी सफारीमा नयाँ नियम लागू गरिँदैछ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन न्यौपानेका अनुसार भोलीबाट कोशी राजमार्गमा सिटी सफारी गुड्न निषेध गरिनेछ । 

यो नियम रानीदेखि ढाटसम्मको एरियामा लागू हुनेछ । सफारी संख्या दिनहुँ बढिरहेको र ट्राफिक व्यवस्थापनमा थप चुनौती थपिरहेकाले व्यवस्थित बनाउन यस्तो नियम लागू गर्न लागिएको बताइएको छ ।

राजमार्ग वारिपारि गर्न केही निश्चित स्थान तोकिएको र यसलाई प्रभावकारी तरिकाले नयाँ नियम लागू भएपछि दर्ता नभएका सफारीलाई होल्डिङ सेन्टरमा राख्ने गरी तयारी भइरहेको बताइएको छ ।

अन्य स्थानबाट विराटनगर भित्रने सफारीलाई नाकामै कडाइ गर्ने तयारी रहेको छ । पार्किङको लागि पनि निश्चित स्थान निर्धारण गरेर व्यवस्थित गर्ने गरी काम भइरहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ