झापा । चाडपर्वलाई लक्षित गरेर चालु आर्थिक बर्षको साउन र भदौमा मात्रै ६६ लाख ३० हजारको दाँत कोट्याउने सिन्का आयात भएको छ । दुई महिनाको अवधिमा विदेशबाट १८ हजार ९१२ केजी सिन्का आयात भएको हो ।
दाँत कोट्याउने सिन्का मात्रै भारत, चीन लगायतका मुलुकबाट एक करोड ८८ लाख ९८ हजार रुपियाँकोे आयात भएको छ । हरेक बर्ष दशैंमा मासु खाएर दाँत कोट्याउने सिन्का पनि बाहिरी देशबाटै आयात हुने गरेको छ ।
छ वर्ष यताको तथ्यांकलाई हेर्ने हो भने नेपालमा १० करोड ८२ लाख रुपियाँ बराबरको दाँत कोट्याउने सिन्का (टुथपिक) नै आयात भएको छ । गत आर्थिक वर्षमा मात्रै नेपालमा भारत , चीत लगायत विभिन्न देशबाट एक करोड ८८ लाख ९८ हजार रुपियाँको टुथपिक आयात भएको तथ्यांकले देखाएको छ ।
नेपालमा यस्तै, आर्थिक वर्ष २०८०–८० मा मात्रै दुई करोड ७० लाख ९३ हजार रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का आयात भएको छ । यस्तै, २०७९–८० मा एक करोड १३ लाख ३७ हजारको दाँत कोट्याउने सिन्का आयात भएको देखिन्छ ।
नेपालमा एक वर्षमा ३५ हजार ३९५ केजी सिन्का आयात भएको तथ्यांकले देखाएको छ । यस्तै, २०७८–७९ मा पनि दुई करोड ७१ लाख ३९ हजार केजी सिन्का मात्रै आयात भएको छ । एक वर्षमा ९८ हजार ६४४ केजी सिन्का आयात भएको तथ्यांकले देखाएको छ ।
२०७७÷७८ मा पनि नेपालमा सिन्काको आयात २ करोड ३ लाख २१ हजारको भएको छ । यसरी हेर्दा ७७ हजार २९७ केजी सिन्का आयात भएको छ । यसरी नै २०७६–७७ मा पनि ४५ लाख ५१ हजार रुपैयाँ बराबरको २० हजार ३० केजी सिन्का आयात भएको तथ्यांकले देखाएको छ ।




















































