कचनकवल । नेकपा माओवादी केन्द्र झापाले कचनकवल गाउँपालिकाबाट हुलाकी राजमार्ग केन्द्रीत अभियान शुरु गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यक्रम अनुरुप देशव्यापी कार्यक्रम अन्तरगत आगामी फागुन ३ गतेदेखि कचनकवलबाट छ महिने अभियान शुरु शुभारम्भ गर्न लागेको हो । माओवादी केन्द्र झापाको शुक्रबार सम्पन्न आठौं पूर्ण बैठकले हुलाकी राजमार्ग केन्द्रीत अभियानका लागि कार्यविभाजन समेत गरेको छ ।  Screenshot_2025-01-31-14-15-02-465_com.facebook.katana-editबैठकले पार्टी-कार्यकर्ता परिचालनदेखि गाउँ-नगर अधिवेशन सम्पन्न गर्न प्राथमिकतामा राखेको छ ।
हुलाकी राजमार्गदेखि शुरु हुने अभियान महाकाली पुगेर पुनः मदन भण्डारी राजमार्ग केन्द्रित भएर सोलुखुम्बुको सगरमाथाको फेदीमा समापन हुने जनाएको छ । 
बैठकका प्रमुख अतिथि पार्टीका उपमहासचिव हरिबोल गजुरेलले पार्टीलाई मजबुदर बनाउन नेता-कार्यकता रुपान्तरण हुनुपर्नेमा जोड दिए । पार्टी भित्रका अन्तरविरोध हटाउनु पर्ने बताउँदै उनले सुधारात्मक अन्तरविरोध आवश्यक रहेको औंल्याए ।FB_IMG_1738312192644 “पार्टीलाई मजबुद बनाउन सबै नेता-कार्यकताहरु तल्लो तहमा उत्रिएर वैचारिक रुपमा नागरिकलाई संगठित गर्नुपर्छ”, प्रदेश नं. १ का इञ्चार्ज समेत रहनुभएका उनले भने, “अब युवाहरु जाग्नु पनि जाग्नुपर्छ ।”
पार्टी कमजोर हुनुमा नेता कमजोर नभई नीतिगत त्रुटीले गर्दा पार्टी कमजोर भएको उनले उल्लेख गरे । 
बैठकमा पार्टीकी केन्द्रीय सदस्य धर्मशीला चापागाईंले पार्टीले पूर्वलाई केन्द्रले ध्यान दिनुपर्ने बताइन् । पार्टीका केन्द्रीय सदस्य इन्द्र आङ्बोले पछिल्लो माओवादी पार्टीप्रति जनाधार बढेको बताए । उत्पादन र रोजगारीको क्षेत्रमा पार्टीले काम गर्नुपर्ने उनको भनाइ छ ।FB_IMG_1738312177420
बैठकमा औचित्यमाथि प्रकाश पार्दै पार्टीका झापा इञ्चार्ज झलकसिंह दर्लामीले पार्टीलाई मजबुद बनाउन पार्टीले विशेष अभियान सञ्चालन गर्न लागेको जानकारी दिए । अभियानलाई सफल बनाउन पार्टीलाई एकीकृत र केन्द्रीकृत बनाउने कार्ययोजना बनाइएको उनले बताए ।
पार्टीका जिल्ला समन्व्य समिति झापाका अध्यक्ष राजु आचार्य (अग्नि) को अध्यक्षमा भएको कार्यक्रममा स्वागत पार्टीका कचनकवल गाउँपालिका अध्यक्ष सुकराज लिम्बूले गरेका थिए भने सञ्चालन जिल्ला सचिव मोहन टुडूले गरेका थियो ।
बैठकमा पार्टीका केन्द्रीय लक्ष्मीदेवी न्यौपाने, केन्द्रीय सदस्य रञ्जित तामाङ, केन्द्रीय सदस्य हरिकुमार राना, केन्द्रीय सदस्य ज्योतिसिंह दर्लामी, केन्द्रीय सदस्य भजेन्द्र चापागाईं, केन्द्रीय सदस्य लोकबन्धु कन्दङ्वा, केन्द्रीय अनुशासन आयोग सदस्य पूर्णसिंह राजवंशी, प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ, प्रदेश कोषाध्यक्ष रेवतराज पुरी लगायतको आतिथ्य रहेको थियो ।