काँकरभिटटा । मेची नदीले बगाएर बेपत्ता भएकी हिमा पोखरेल खरेलको शव भेटिएको छ । शुक्रबार दिउँसो २ बजेतिर खोला तर्ने क्रममा भारतपट्टी मेची नदीले बगाउँदा बेपत्ता भएकी मेचीनगर–७ गैरीगाउँ बस्ने भुवन खरेलकी श्रीमती अन्दाजी ३५ वर्षीया पोखरेल खरेलको शव आज बिहान भेटिएको हो । ३:३० बजेतिर भारतपट्टी नै भेटिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी मिमकुमार लामाले बताए ।
उनले भारतको खोरीवारी थानाबाट आएको प्रहरी टोलीले मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमको लागि सिलिगुडी पठाएको जानकारी दिए । भारतीय प्रहरीसंग समन्वय गरी हिजोदेखि उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।