धादिङ  । धादिङको धुनिवेसी नगरपालिका–९ स्थित झ्याप्ले खोला पहिरोमा पुरिएको अर्को माइक्रोबस रहेको खुलेको छ। उक्त माइक्रोबस चितवनबाट काठमाडौं जाँदै गरेको हायस रहेको खुलेको हो। बा ३ ख  नम्बरको  हायसबाट १० जनाको शव निकालिएको छ। 

योसँगै आइतबार मात्रै झ्याप्लेखोलाबाट निकालिएको शव संख्या १३ पुगेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका  सूचना अधिकारी  प्रल्हाद सिलवालले बिहानदेखि अहिलेसम्म ८ पुरूष र २ महिलाको शव भेटिएको जानकारी दिए।   शनिबार १४ जनाको शव निकालिएको थियो । आज थप १३ जनाको शव निकालिएको इन्स्पेक्टर सिलवालले बताए ।