झापा । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि पनि घटाएको छ। निगमले आज सार्वजनिक गरेको विवरण अनुसार राती १ बजेदेखि लागू हुने गरी पेट्रोलमा २, मट्टितेल र डिजलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाइएको छ।  

यस्तै हवाई उडान आन्तरिकतर्फ प्रतिलिटर ५  रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर ३७ डलरले घटाइएको छ। ग्यासमा बढेर आएपनि हाललाई यथावत राखिएको छ ।

निगमले पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा प्रतिलिटर क्रमशः एक सय ६०.५०, एक सय ६२ र एक सय ६३ तथा डिजेल र मट्टितेल प्रतिलिटर क्रमशः एक सय ५१.५०, एक सय ५३ र एक सय ५४ तोकेको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य समायोजन भएर प्रतिलिटर एक सय ३२ कायम गरिएको छ भने अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर एक हजार पाँच तोकिएको छ।