नुवाकोट । नुवाकोटमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको जहाज नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा सवारमध्ये ४ जना चीनियाँ नागरिक रहेका छन् । अनुसार, ज्यान गुमाउनेमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी, र क्याप्टेन के मल्ल छन् ।
केसीका अनुसार, ज्यान गुमाउनेमध्ये वीबाहेक अरु सबै चिनियाँ नागरिक हुन् । रसुवाको स्याफ्रुवेसीका लागि काठमाडौंबाट उडेको एयर डाइनस्ट्रीको हेलिकोप्टर बुधबार दिउँसो दुर्घटनामा परेको थियो । लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले ५ जनाको शव निकालेको थियो । घटनास्थलमा प्रहरी पुगेर उद्धार कार्य सुरु भइसकेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।





















































