झापा । झापामा आँखा उपचार गराउन आउन लागेका एक भारतीयलाई गोलीसहित काँकडभिट्टा नाकामा पक्राउ परेका छन् । नेपाल–भारत सीमा पानीटेंकीमा झापामा आँखाको उपचार गराउन बिमारी लिएर आउँदै गरेको एम्बुलेन्सबाट एसएसबीले ९ एमएमको प्रयोग नभएको गोली (कारतूस) बरामद गरेको हो । गोलीसहित मणिपुर निवासी २० वर्षीय युवकलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।