बिर्तामोड । झापा बिर्तामोडको प्रभु बैंकको चरम लापरबाहीले मुद्द्तीमा राखेको एक करोड १७ लाख रुपैयाँ गायब भएको छ ।
बैंकको गम्भीर लापरवाहीपूर्ण व्यवहारका कारण मुद्दति बचत गरेको रकम नभएपछि पत्रकार टिकाराम नेतिले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका छन् । पत्रकार टिकाराम नेतिको श्रीमति मन्जु नेपालले केही समयअघि अमेरिका यात्रा गर्न जानुअघि एक करोड १७ लाख प्रभु बैंकमा मुद्द्ती खातामा ६ महिनाका लागि बचत गरेका थिए । छ महिनाको अबधी पुरापछी बैंकमा पुगेका नेपालको खातामा २ लाख मात्रै भएको पाएपछि बैंकको बद्नियतलाई पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका छन् ।
बैंकले गायव गरेको रकम माग दाबी गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पत्रकार सम्मेलनमा टिकाराम नेतिले बताए ।
‘हामीले रु. एक करोड १९ लाख फिक्स्ड डिपोजिट गरेका थियौं,’ उनले भने–‘अहिले हेर्दा खातामा २ लाख मात्र रहेको पाइयो ।’
बैंकका शाखा प्रबन्धक गणेशबहादुर बरालले यस विषयमा खोजविन गर्न छानविन समिति बनाएको जानकारी दिएको पीडित नेतिले बताए ।
सूर्योदय टेलिभिजनमा कार्यरत पत्रकार नेतिले बैंकले गैरजिम्मेवार र गम्भीर लापरवाहीपूर्ण व्यवहार देखाएको गुनासो गरेका छन् ।
यसैबीच, प्रभु बैंकको विर्तामोड शाखामा बजार व्यवस्थापक पदमा कार्यरत चन्द्रगढी निवासी प्रमोद सिटौला फरार रहेको स्रोतले जनाएको छ ।