IMG_20240731_150225काँकरभिट्टा । पानीको अभाव हुन नदिन काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले खानेपानी विस्तार अभियानलाई तीब्रता दिएको छ । मेचीनगरको भौगोलिक बनावट समतल नहुँदा पिउने पानी कहिँ प्रयाप्त र कहिँ अभाव हुन थालेपछि अभाव भएको ठाउँमा पानी संचित ट्याङ्की निर्माण सुरु गरेको हो।
यसअघि एउटा  ओभर हेड ट्यान्की निर्माणको शुभारम्भ गरिसकेको खानेपानी संस्थाले बुधबार मेचीनगर-६ स्थित रमाइलो गाउँमा २२५ घन लिटर क्षमताको ओभर हेड ट्याङ्की शिलान्यास गरेको छ ।FB_IMG_1722414434917
मेचीनगर पालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बिधिवत रुपमा शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले ट्याााङ्की निर्माणपछि नगरबासीलाई खानेपानीको अभाव नहुने बताए । खानेपानीको समस्या भोग्दै आएका सर्वसाधारणले सर्वसुलभ र शुद्ध खानेपानी वितरणमा संस्थाले खेलेको भूमिकाको प्रशंसा गरे ।
उनले निर्माण ब्यवसायीलाई समेत समयावधिभित्र काम सम्पन्न गर्न आग्रह गरे । २ वटा ओभर हेड टेंकी जीर्ण भएपछि समस्या आएको र मेचीनगर-५ मा निर्माणधिन टेंकी र रमाइलो गाउँको टेंकीले करिव २३ सय घरधुरी लाभान्वित हुने संस्थाका कार्यालय प्रमुख दिपक पोख्रेलले जानकारी दिए ।FB_IMG_1722414439966 1
३० महिनामा निर्माण सम्पन्न गरिसक्ने ओभर हेड ट्याङ्कीको निर्माण १२ महिनामै सम्पन्न गर्ने योजनानुसार अघि बडेको प्रमुख पोख्रेलको भनाई छ । नगरको सहलगानी अन्तरगत ७० प्रतिशत  सरकारले र संस्थाले ३० प्रतिशत लगानीमा ओभर हेड ट्याङ्की निर्माण सुरु भएको हो । जसमध्ये १० प्रतिशत नगदबाट पहिलो चरणको शुभारम्भ गरेको कार्यालयको भनाई छ ।
हाल ८ हजार जडित धाराबाट सर्वसाधारणलाई शुद्ध पिउने पानी वितरण गरिदैआएको जनाइएको छ ।IMG_20240731_094622
कार्यक्रममा मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेती, मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, मेचीनगर-८ का वडाध्यक्ष गिरीराज धमला, इप्रका काँकरभिट्टाका डिएसपी मिनबहादुर लामा, नेकपा एमालेका मेचीनगर अध्यक्ष राजु कार्की, धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनकाजी खत्री, राप्रपाका नगरअध्यक्ष होम विष्ट, खानेपानीका पूर्वअध्यक्ष सूर्यप्रकाश उप्रेती, धनप्रसाद गुरुङ बाहुनडाँगी खानेपानी उपभोक्ता समितिका अध्यक्ष सनदकुमार अधिकारी लगयतको आतिथ्यता रहेको थियो ।IMG_20240731_090408
काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष बुढाथोकीले संस्थाले खानेपानी तथा सरसफाइ क्षेत्रमा गरेका कामको चर्चा गरे । उपाध्यक्ष गोविन्द गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव विशाल तामाङले गरेका थिए ।