ताप्लेजुङ । ताप्लेजुङमा भूकम्पको धक्का महसुस गरिएको छ। गएराति १०ः३० बजे फक्ताङलुङ गाउँपालिका आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले निकै हल्लाएको स्थानीयले बताएका छन्।

तर क्षति नभएको फक्ताङलुङ गाउँपालिका २ का वडाध्यक्ष भुपेन्द्र चौलागाईंले जानकारी दिए ।गएको असार २६ गते बेलुका पनि ४ .४ म्याग्निच्युडको भूकम्प यही पालिका आसपास गएको थियो । २०६८ असोज १ गते बेलुका ६ः२५ बजे यहीँ पालिका केन्द्रबिन्दु भएर ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी १ सय ११ जनाको मृत्यु भएको थियो भने २ सयभन्दा बढी घाइते भएका थिए ।