इलाम । इलाम–२ को प्रारम्भिक मतगणना अनुसार एमालेका सूर्य चिन्हका सुहाङ नेम्बाङले अग्रता लिएका छन् ।
इलाम बजारस्थित गौतमबुद्व सभा गृहमा जारी मतगणनाको पहिलो चरणको प्रारम्भिक मत परिणाम अनुसार एमालेका सुहाङको ३२३९ मत ल्याएर अगाडि रहेका छन् ।
नेपाली कांग्रेसका डम्बर खड्काको रूखको २४६९, रास्वपाका मिलन लिम्बूको घण्टीको ४४३, पहिचानवादी समुहका डकेन्द्रसिंह थेगिमको मुढाको ७०३ मत पहिलो चरणमा ल्याएका हुन् ।
अहिले फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ५ को मतगणना भइरहेको छ । शनिबार भएको मतदानमा ५८ प्रतिशत मत खसेको थियो।



















































